जनगणना भनेको के हो?
जनगणना एक सर्वेक्षण हो जो हरेक १० वर्षमा हुने गर्छ र जसले इङ्ल्याण्ड र वेल्समा रहेका सबै मानिसहरु र घरघरानाको तस्वीर प्रदान गर्छ । आगामी जनगणना 21 मार्च 2021 मा हुँदैछ ।
जनगणबाट सङ्कलन गरिएको जानकारीले तपाईंको क्षेत्रका सार्वजनिक सेवाहरु, भाषा सेवाहरु लगायतका योजना बनाउन र रकम प्रदान गर्न सहयोग गर्छ । उदाहरणका लागि, निश्चित क्षेत्रहरुमा एनएचएसले अनुवाद र भाषानुवादकका सेवाहरु प्रदान गर्नुपर्ने हुन सक्छ ।
The Office for National Statistics (राष्ट्रिय तथ्यांक कार्यालय) (ONS) ले इङ्ल्याण्ड र वेल्समा जनगणनाको योजना निर्माण र सञ्चालन गर्ने गर्छ ।
यसमा जनगणनालाइ कसले पुरा गर्नु पर्छ
जनगणनाले तपाईं र तपाईंको घरघरानाको बारेमा प्रश्नहरु सोध्छ, र इङ्ल्याण्ड र वेल्समा रहेका सबैले भाग लिनु जरुरी छ ।!Warning:
तपाईंले कानूनतः अनिवार्य रूपमा जनगणनामा सहभागी हुनै पर्छ
गलत विवरण दिनु र जनगणना पुरा नगर्नु कानुन उल्लङ्घन गर्नु हो त्यसो गरेमा तपाईंलाई 1000 पाउण्डसम्मको जरिवाना हुन सक्छ । केही प्रश्नहरुमा स्वैच्छिक भनेर स्पष्ट उल्लेख गरिएको हुन्छ । त्यस्ता प्रश्नहरुको जवाफ नदिँदा कानूनको उल्लंघन हुँदैन ।
तपाईंका जवाफहरु कानूनद्वारा संरक्षित हुनेछन् र गोप्य राखिनेछन्
युकेमा तीन महिना वा त्योभन्दा कम समयदेखि बस्नु
युकेमा तीन महिना भन्दा कम समयसमय बस्नुभयो भने तपाईँ जनगणनामा सामेल हुन आवश्यक छैन । तपाईंको घरधनीले तपाईंलाई केही प्रश्न गर्न सक्छन् ता कि उनीहरुले घरमा बस्ने मानिसको बारेमा जनगणनाको प्रश्नहरु भर्न सकुन् ।
आफ्नो जनगणना कहिले भर्ने
सबै घरहरूले जनगणना 21 मार्च 2021 आइतबार कै दिन वा त्यसपछि सम्भव भएसम्म चाँडो सम्पन्न गरिसक्नुपर्छ । यदि तपाईंले 21 मार्चभन्दा अघि नै जवाफ दिनुभएको छ र केही परिवर्तन भएको छ भने हामीलाई त्यसको जानकारी दिन सक्नुहुन्छ ।
कोरोनाभाइरस महामारीको अवधिमा तपाईंको परिस्थितिमा परिवर्तन आएको हुन सक्छ । सबै प्रश्नहरुको जवाफ तपाईंको हालको अवस्थामा आधारित रही दिनुहोस् ।
आफ्नो जनगणना कसरी भर्ने
तपाईंले निम्नमध्ये कुनै छान्न सक्नुहुन्छः
Download Census Nepali Material
Source: https://census.gov.uk/help/languages-and-accessibility/languages/nepali