नमस्कार 🙏
हार्दिक आभार!!!
काभ्रे सोसाइटी यू.के. को 2022 November 28 मा सम्पन्न दोस्रो साधारण सभाले सर्वसम्मत रूपमा अध्यक्षजस्तो गरिमामय पदमा चयन गर्नुभएकोमा समस्त बेलायतवासी काभ्रेली दाजुभाई, दिदीबहिनी, आमा बुवा सबैमा हार्दिक आभार प्रकट गर्दछु। भरखर निवर्तमान हुनुभएका अध्यक्ष रबीन्द्र शर्मा ज्यु उहाँको सम्पूर्ण कार्यसमिति साथिहरू, हाम्रो अधिवेशनलाई सफल पार्न उपस्थित मान्यजनहरू, पत्रकार साथिहरू सबैप्रति नवनिर्वाचित कार्यसमितिको तर्फबाट हार्दिक नमन् टक्र्याउँदछु।
निर्वाचन समितिमा रहेर संयोजनको भूमिका निर्वाह गर्दै हाम्रो कमिटी चयनको प्रक्रियालाई बिधान सम्मत् सफल पार्नुहुने आदरणिय ब्यक्तित्व श्री बाचस्पती रेग्मीज्यूलाई हामी हार्दिक आभार प्रकट गर्दछौं।
सन् २०२० मा स्थापित हाम्रो काभ्रे सोसाइटी यू.के.ले बेलायतमा रहेका काभ्रेलीहरूलाई एकबद्ध बनाउने अभियानमा जुन योगदान दिएको छ, बेलायतवासी काभ्रेलीले आफ्नो गृह जिल्ला काभ्रेमा पनि थुप्रै सकारात्मक कार्यहरू गरिसकेको छ। सबैको साथ, समर्थन र ऐक्यबद्धतालाई आउँदा दिनमा अझै मज़बूत बनाउन, हाम्रो नवगठित कार्यसमितिलाई साथ दिन म हजुरहरू सबैमा बिनम्र अनुरोध गर्दछु। हजुरहरूको सही मार्गदर्शनले नै हाम्रो कार्यसमितिलाई थुप्रै सकारात्मक कार्य गर्न मद्दत गर्नेछ।
काभ्रे सोसाइटी यू.के.ले बेलायतबासी काभ्रेलीसंग मात्र नभई संसारभर छरिएर रहेका काभ्रेलीजनलाई एक सूत्रमा जोड्ने, र नेपालमा आफ्नो जिल्लामा समन्वय गर्नेछ। यसका लागि हामी निरन्तर अभियानमा रहनेछौं। हजुरहरूको साथको अपेक्षा राख्नेछौं।
धन्यवाद्
सेवामा,
नारायण फूयाल, अध्यक्ष
काभ्रे सोसाइटी यू.के.